धनकुटामा उद्यमीहरु जन्माउने पहल कार्यक्रम

धनकुटा खबर संवाददाता । धनकुटा नगरपालिका र नेपाल कृषि बजार बिकास कार्यक्रम (सहज) को संयुक्त आयोजनामा उद्यम तथा ब्यवसाय प्रबर्धनका लागि सहुलियतपुर्ण कर्जा लगानी सम्बन्धी संचालन कार्यविधि २०८१ तयारीका लागि सरोकारवाला निकायहरु बीच आज धनकुटा नगरपालिकाको सभाहलमा एक कार्यक्रम संचालन भएको छ ।

कार्यक्रमको अध्यक्षता गर्दै नगर प्रमुख चिन्तन तामाङले धनकुटा नगरपालिका भित्र धेरै भन्दा धेरै उधमीहरु जन्माउने र उधमीहरुको समस्यामा नगरपालिका सहयोगी बन्दै जाने उद्धेश्यले सहुलियतकर्जा प्रवाह गर्नका लागि एक कार्यविधि नगरपालिकाले बनाउन लागेको प्रष्ट पार्नुभयो । धनकुटा नगरपालिका भित्र बस्ने नागरिक र उधमीहरु ईमानदार भएको बताउदै उनीहरु प्रति शंकाको दृष्टिकोणले होईन सहयोगको दृष्टिकोणले हेर्नुपर्ने बिषयमा जोड दिनु भएको थियो ।

कार्यक्रममा धनकुटा नगरपालिका स्थित रहेका सबै बाणिज्य बैकहरुलाई आमन्त्रण गरिएको थियो । बैकका प्रबन्धकहरुले बैकको समस्या तथा बैकको हितमा आ आफ्नो कुराहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा सरकारी निकायका पदाधिकारी तथा नीजिक्षेत्रका उधमीहरुको उपस्थिति रहेको यो कार्यक्रम जिल्लाकै नमुना कार्यक्रमको रुपमा हेरिएको छ ।

धनकुटा नगरपालिकाले बनाउन लागेको उक्त कार्यविधिको नमुना माथि महत्वपुर्ण छलफल भएको थियो । छलफलबाट कार्यबिधिमा केही सुधारका सुझाबहरु समेत आएको र त्यसलाई कार्यविधिमा समावेश गरिने कुरा नगर प्रमुख तामाङले बताउनु भयो । यस कार्यविधि आगामी नगरसभाले पास गर्ने र त्यसपछि तुरुन्तै लागुहुने समेत उहाँले बताउनु भयो ।

कार्यक्रममा धनकुटा नगरपालिकाका उप प्रमुख भिमा खनाल, प्रमुख प्रशासकीय अधिकृत दशरथ राई, योजना शाखाका प्रमुख सिताराम गौतम, बातावरण शाखा प्रमुख उपेन्द्र खनाल समेतको उपस्थिति रहेको उक्त कार्यक्रमको सहजीकरण आर्थिक बिकास शाखा प्रमुख बिकास अधिकारीले गर्नुभएको थियो । यसैगरि कार्यविधि नमुना माथि प्रस्तुतीकरण सहज नेपालका परामर्शदाता कृष्ण ढुंगानाले गर्नुभएको थियो ।

पहिलो चरणमा गरिएको यो कार्यक्रममा सुझाईएको सुझाबहरु सहित छिटै अर्को पटक बाणिज्य बैकका सबै प्रबन्धकहरु संग बसेर कार्यक्रम गरिने आर्थिक बिकास शाखाका प्रमुख अधिकारीले बताउनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।