प्याब्सन धनकुटाको आयोजनामा अन्तर विद्यालय माद्यमिक तह स्तरिय वक्तृत्व कला तथा चित्रकला प्रतियोगिता सञ्चालन

धनकुटा । निजी तथा आवासीय विद्यालयहरुको साझा संस्था प्याब्सन धनकुटाको आयोजनामा आज अन्तर विद्यालय माद्यमिक तह स्तरिय वक्तृत्व कला तथा चित्रकला प्रतियोगिता सञ्चालन गरिएको छ ।

प्याब्सन जिल्ला अध्यक्ष दूर्गा प्रसाद लुईटेलको अध्यक्षता तथा पाख्रीवास नगरपालिका वडा नं ४ का वडाध्यक्ष सन्तोष मानन्धरको प्रमुख आतिथ्यमा सञ्चालित प्रतियोगितामा वक्तृत्वकला तर्फ छात्रमा तमोरभ्याली सेकेण्डरी वोर्डिङ स्कूलका नयन्जल कटुवाल र छात्रा तमोरभ्याली कै जस्मि अधिकारी प्रथम भएका छन् ।

त्यस्तै शितलादेवी सेकेण्डरी वोर्डिङ स्कूल पाख्रीवासकी प्राप्ती राउत र मनकामना सेकेण्डरी वोर्डिङ स्कूल हिलेका किरन कटुवाल द्धितीय भएका छन् भने मोदरल्याण्ड सेकेण्डरी वोर्डिङ स्कूल हिलेकी प्रमिशा लिम्बु र मोदरल्याण्ड कै स्पर्श घिमिरेले तृतीय स्थान हाँसिल गरेका छन् ।

त्यस्तै चित्रकला तर्फ तमोर भ्याली सेकेण्डरी वोर्डिङ स्कूल धनकुटा अलिश विक र दीपज्योती सेकेण्डरी वोर्डिङ धनकुटाकी प्रजिना कर्माचार्य पहिलो,निजामती आवासीय विद्यालय धनकुटाका सचिन राई र शितलादेृवी सेकेण्डरी वोर्डिङ स्कूलकी जेनिषा मगर दोश्रो र मोदरल्याण्ड सेकेण्डरी वोर्डिङ स्कूलका विराज मगर र धनकुटा सेकेण्डरी वोर्डिङ स्कूलकी प्रिती लिम्बु तेश्रो भएका छन् ।

विजयी विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथी, अध्यक्ष तथा विशेष अतिथीहरुले ट्रफी, मेडल र प्रमाण पत्र पुरस्कार वितरण गर्नुभएको सयपत्री वोर्डिङ स्कूलका प्रिन्सिपल दिपेश थापाले जनाकारी दिनुभयो । प्रतियोगिता सयपत्री वोर्डिङ स्कूल पाख्रीवासमा भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।