धनकुटाको पाख्रीबास नगरपालिका वडा नं ९ को आयोजनामा खुल्ला नक आउट पुरुष फुटबल प्रतियोगिता सुरु

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका वडा नं ९ को आयाेजनामा खुल्ला नक आउट पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ । जेठ २५ देखि जेठ ३० गते सम्म सञ्चालन हुने प्रतियोगितामा २६ वटा टिमको सहभागी रहेको छ ।

प्रतियोगिताकाे उदघाटन शस्त्रकाे पहिलो दिन ३ वटा खेल सम्पन्न भएको छ ।शुक्रबार सम्पन्न पहिलो खेल डुम्रे सान्ने “ए” र खाेकु ५ बिच भएको खेलमा ४-१ ले डुम्रे सान्ने बिजयि भयो । दाेस्राे खेल मनिङ “एफसि ” र डुम्रे सान्ने ” वि” बिच भएको खेलमा ०-३ ले मनिङ “एफसि” बिजयि भए। यस्तै तेस्राे खेल पाख्रीबास र शिक्षालय बिच भएको खेलमा ०-३ ले शिक्षालय बिजयी भए ।

प्रतियोगिता उदघाटन कार्यक्रम खेल आयाेजक समितिका संयोजक लिल बहादुर मगरको अध्यक्षता तथा पाख्रीबास नगरपालिका वडा नं ९ का वडा अध्यक्ष सम्झना आलेकाे प्रमुख आतिथ्यमा सम्पन्न भएको थियोे । कार्यक्रममा पाख्रीबास वडा नं ९ का वडा अध्यक्ष हरि बहादुर खत्री , वडा अध्यक्ष सराेज राईले मन्तव्य सहित शुभकामना दिनुभएको थियोे । कार्यक्रमकाे स्वागत मन्तव्य वडा सचिव अनिल तिम्सिनाले राख्नु भएको थियोे ।

कार्यक्रममा सामाजसेवी खड्ग भट्टराई लगायत खेलाडी स्थानीय बासिकाे उपस्थिति थियो । खेल प्रमुख अतिथि वडा अध्यक्ष आलेले रेफ्रिलाई बल हस्तान्तरण गरेर उदघाटन गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।