प्रेस चौतारी धनकुटाका अध्यक्ष रबिन कटेल बने एमाले धनकुटाको प्रचार विभाग प्रमुख

धनकुटा । नेकपा एमाले जिल्ला कमिटी सदस्यमा निर्वाचित भएका प्रेस चौतारी धनकुटाका अध्यक्ष रबिन कटेल एमाले धनकुटाको प्रचार तथा प्रकाशन विभाग प्रमुख बनेका छन् । एमाले धनकुटा जिल्ला कमिटीको बैठकले कटेललाई प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी प्रदान गरेको हो ।

    विगत १५ वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रहेका कटेल गत जेठ १४ गते सम्पन्न एमाले धनकुटाको ८ औं जिल्ला अधिवेशनमा खुला कोटाबाट भारी मतसहित पार्टीको जिल्ला कमिटी सदस्यमा निर्वाचित भएका थिए । सक्रिय पत्रकारिताबाट विश्राम लिँदै राजनीतिमा अघि बढेका कटेललाई पार्टीले विभागीय प्रमुखको जिम्मेवारी सुम्पिएको हो ।

    संगालोखबर अनलाइन मिडियाका सञ्चालकसमेत रहेका कटेल यसअघि सम्पादकीय भूमिकामा पनि थिए । राजनीतिक क्षेत्रमा अघि बढ्ने भएपछि उनी संगालोखबरको सम्पादकीय नेतृत्व छोडेर अहिले सञ्चालकको भूमिकामा मात्र छन् । यसअघि कान्तिपुर दैनिकको कोशी प्रदेश ब्युरो प्रमुख रहेका अग्रज पत्रकार माधव घिमिरेले अहिले संगालोखबरको प्रधान सम्पादकको जिम्मेवारी सम्हालेका छन् ।

पत्रकार किन लागे राजनीतिमा ?

मुलुक सञ्चालनको ‘मेरुदण्ड’ राजनीति भएपनि पछिल्लो समय राजनीति प्रति जनतामा वितृष्णा बढेको छ । सोचे अनरुप मुलुकको विकासले गति लिन नसकेको भन्दै जनताले नेताहरूलाई हेर्ने दृष्टिकोण नकारात्मक बन्दै गएको छ । यस्तो अवस्थामा जन चाहना अनरुप काम गरेर मुलुकको विकासलाई गति दिन राजनीतिक नेतृत्व अग्रसर हुनुपर्ने नवनियुक्त प्रचार विभाग प्रमुख कटेलको बुझाई छ ।


    ‘अहिले राजनीतिक क्षेत्रलाई हेर्ने दृष्टिकोण नकारात्मक छ । तर, जेसुकै भएपनि मुलुक सञ्चालनको मेरुदण्ड राजनीति नै हो, राजनीतिलाई सरापेर मात्र हुनेवाला केही छैन, बरु यसका नकारात्मक पक्षलाई सुधार्नका लागि सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्छ,’ कटेल भन्छन्, ‘राजनीति क्षेत्रका कमी कमजोरीलाई सुधार्दै सही बाटोमा ल्याउन र मुलुकको विकासलाई गति दिन सबै जना आ–आफ्नो ठाउँबाट लागिपर्नुपर्छ, अब युवा पुस्ता अघि बढ्नुपर्छ ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।