धनकुटामा जारी किराँत राई सांस्कृतिक उत्सवमा आज राजेश पायल राईले सांगीतिक प्रस्तुती दिने
धनकुटा,३२ जेठ । धनकुटामा जारी बृहत् किराँत राई सांस्कृतिक उत्सवमा आज चर्चित गायक राजेशपायल राईको प्रस्तुती रहने भएको छ । आयोजकका अनुसार उत्सव समापनको अघिल्लो दिन आज राई इज किनको सांगीतिक प्रस्तुती रहने भएको हो ।
आदिवासी जनजातिको संस्कार,संस्कृति र भेषभूषाको प्रर्दशन आर्थिक समृद्धिको लागि स्वच्छ पर्यावरण र पर्यटन भन्ने नाराका साथ जेठ २७ बाट उत्सव संचालन भइरहेको छ । उत्सवमा आदिवासी जनजातिको संस्कार,संस्कृति र भेषभूषाको प्रर्दशन तथा जातीय खानाको प्रर्दशन समेत गरिएको छ ।
आदिवासी जनजातिको संस्कार,संस्कृतिलाई सबैका माझमा देखाउन र उनिहरुको संस्कार, संस्कृति प्रचार-प्रसार गरि धनकुटाको पर्यटनमा समेत बृद्दि गर्ने लक्ष्यका साथ उत्सवको आयोजना गरिएको आयोजक किरात राई यायोक्खा धनकुटाका कार्यबहाक अध्यक्ष प्रीथुराम राईले बताए ।


