ट्राफिक सप्ताह कार्यक्रमको अवसरमा धनकुटाको हिलेमा र्याली प्रदर्शन तथा सभाको आयोजना

धनकुटा । सडक सुशासन तथा सवारी दूर्घटना न्यूनिकरणका लागि ट्राफिक सप्ताह कार्यक्रम आजबाट शुरु भएकाे छ । धनकुटाकाे हिलेमा र्याली प्रदर्शन तथा सभाकाे आयाेजना गर्दै ट्राफिक सप्ताहकाे उद्घाटन गरिएकाे हाे ।

जिल्ला ट्राफिक प्रहरी कार्यलय धनकुटाकाे आयाेजना तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालय विराटनगर,नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्वस्थापन कार्यलय ईटहरी सुनसरी र जिल्ला प्रहरी कार्यलय धनकुटाकाे सहयाेगमा सञ्चालित कार्यक्रममा बाेल्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पाैडेलले सडक दुर्घटनाका कारण लाखाै मानिसहरुले ज्यान गुमाईरहेकाे भन्दै यस्ता दुर्घटना न्युनिकरणका लागि सबै सचेत हुन जरुरी रहेकाे बताउनु भयाे ।

उहाँले सवारी दुर्घटना न्यूनिकरणका लागि विद्यार्थीहरुकाे भूमीका अझ स-शक्त र प्रभावकारी हुने उल्लेख गर्नु भयाे साथै आम नागरिककाे गुनासाे, सल्लाह, सुझावलाई ग्रहण गर्दै सडक सुरक्षा व्यवस्थापनका लागि आवश्यक सम्पूर्ण कुरा गर्न आफुहरु तयार रहेकाे बताउनु भयाे ।

कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दशरथ राई, धनकुटा नगरपालिका वडा नं १ का वडाध्यक्ष वाङ्दा तामाङ,यातायात व्यवसायी दिल कुमार राई लगायतले शुभकामना मन्तव्य राखेका थिए । उनिहरुले सडक दूर्घटना न्यूनिकरणका लागि विभिन्न स्थानमा पार्किङकाे व्यवस्था हुन पर्ने भन्दै आम नागरिकहरु समेत ट्राफिक नियमकाे वारेमा सचेत हुन पर्ने बताएका थिए ।

जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रमुख श्याम सिंह चाैधरीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा चालू आर्थिक वर्षमा अहिले सम्म जिल्लामा ६ वटा सवारी दूर्घटना भईसकेकाे जानकारी गराईएकाे छ । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यलय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले स्वागत मन्तव्य राख्नु भएकाे थियाे ।

कार्यक्रमकाे उद्घाटन एक जना विद्यार्थीलाई हेल्मेट लगाईदिदै प्रमुख जिल्ला अधिकारी पाैलेलले गर्नु भएकाे थियाे । कार्यक्रम अघि हिले बजारमा र्याली समेत प्रदर्शन गरिएकाे थियाे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖