अपडेट : धनकुटामा टेम्पो दुर्घटना,४ जना घाइते(नामावली सहित)
धनकुटा । धनकुटामा आज टेम्पो दूर्घटना भएको छ । जिल्लाको धनकुटा नगरपालिका ६ सल्लेरीमा देब्रेबासबाट बसपार्क तर्फ जाँदै गरेकाे काे २ ह २५५५ नं काे टेम्पो दूर्घटना भएको हो ।
दूर्घटनामा परि चालक सहित ४ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । घाईते हुनेहरुमा चालक जिल्ला धनकुटा धनकुटा नगरपालिका – ४ बस्ने वर्ष ३० का विश्वजित राना मगर,जिल्ला धनकुटा धनकुटा नगरपालिका – ४ बस्ने वर्ष २० की असना आले मगर,जिल्ला झापा झिल्झिले बस्ने वर्ष २० की नेहा राई र जिल्ला झापा बिर्तामोड बस्ने वर्ष १९ की आईसा अली रहेका छन् ।
घाईतेहरुकाे टाउकाे, हात, खुट्टामा चोट लागेकाे छ । उनिहरुलाई प्रहरीले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल धनकुटामा लगिएकाे छ ।
दूर्घटनाग्रस्त टेम्पाे जिल्ला प्रहरी कार्यालय धनकुटाको नियन्त्रणमा रहेकाे प्रहरीले जनाएकाे छ ।


