सहिदभूमि १ मा चालु आर्थिक वर्षमा २० वटा भन्दा बढी विकास निर्माण लगायत कार्यक्रम तथा आयोजना सम्पन्न

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका वडा नं १ मा चालुआर्थिक वर्ष २० वटा भन्दा बढी विभिन्न विकास निर्माण लगायत कार्यक्रम तथा आयाेजना सम्पन्न भएको छ ।

जस अनुसार छिन्ताङ्ग नमुना बालक्लब सम्बर्द्धन कार्यक्रम, छिन्ताङ्ग सहिदकप फुटबल ,सहिद प्रकाश थापा प्रदेश इस्तरिय भलिबल प्रतियोगिता सम्पन्न , सिम्ले खानेपानी आयोजना, अनिवार्य निशुल्क आ. बि.र वालिङ्ग प्रा. बि. ब्याबस्थापन कर्यक्रम ,सफाईटार सिचाई भवन मर्मत , सुन्दर सत्सङ्ग भवन मर्मत , पाङ्नाम हगुवा सेतिचोक सडक, कृशकहरुलाई ५०% अनुदानमा मकै र खुर्सानी को बीउ बितरण , शृजनशिल सक्तिशली समुहलाई कुर्सी तथा टेबल बितरण, भञ्ज्याङ् त्रीबेणी खुवालुङ्ग सडक मर्मत तथा स्तरउन्ति कार्य सम्पन्न भएको छ । यस्तै मितेरी युबा क्लब भवन अन्तिम चरणमा रहेको छ भने शिव पान्चयन मन्दिर धर्मशाला निर्माण गरिएको वडा अध्यक्ष रमेशकुमार राईले जानकारी दिनु भयो ।

यस्तै आदर्श युबा क्लब खेल मैदान निर्माण , धाप तेलिपानी गोपालपुर सडक, प्रधानमन्त्री रोजगार र युबा स्वरोजगार का सबै योजना हरु सम्पन्न भएको छ । यसैगरि सुन्तला वारि खाने पानी आयोजना, सुन्तलाबारी सृवानी योजना हरु, धाप सामुदायिक भवन निर्माण , सम्बिधान सभा खोप केन्द्र साैचालय निर्माण , कार्किटार खनेपानी ट्यान्की निर्माण लगायत आयोजना असार १५ अगाडि सम्पन्न हुने गरि काम भइरहेको वडा अध्यक्ष राईले बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।