धनकुटामा यातायात क्षेत्रमा देखिएका समस्याबारे छलफल
धनकुटा,१७ असार । कोशी प्रदेशसभाको सुशासन तथा योजना समितीले कोशी प्रदेशमा संचालन हुने यातायातका क्षेत्रमा देखिएका समस्या, चुनौती र तिनको समाधानका लागी सुझाव संकलन गर्ने क्रममा धनकुटाका सरोकारवालाहरुसंग छलफल गरेको छ ।
यातायात क्षेत्रमा देखिएका समस्याको समाधानका लागी विभिन्न जिल्लाहरुमा छलफल गरि रहेको र त्यसबाट आएका सुझाव संकलन गरी कोशी प्रदेश सरकारलाई निर्देशन दिने उद्धेश्यले सुझाव संकलन गरिएको समिती सदस्य इन्दिरा थापाले बताउँनु भयो । समितीले धनकुटाका सुरक्षा निकायका प्रमुख, ट्राफिक प्रहरी, यातायता कार्यलय, स्थानिय तह यातायत व्यावसायी, यातायत मजदुर संगठन लगायतका सरोकार वाला संग सुझाव लिएको छ ।
छलफलमा पहाडी क्षेत्रमा संचालित सार्वजनिक सवारीका साधानले मनपरि उठाउँने भाडादर, अटो नियमन, शाखा तथा भित्री सडकको रुट प्रमित यातायतातका साधनबाट उठाइने दोहोर कर लगायतका बिषयमा उठेका थिए । उठेका बिषयलाई कानुन बनाई कार्यन्वयन गर्नका लागि सरकार लाई निर्देशन दिइने समिती सभापति मालती सुब्बाले बताउँनु भयो ।


