धनकुटाको राजारानीमा सम्पन्न ११ औं रारा गोल्डकपको आम्दानी र खर्च सार्वजनिक

धनकुटा,२३ असार । गएको जेठमा सम्पन्न ११ औं गोर्खा रारा गोल्डकप प्रतियोगिता तथा सो अवसरमा आयोजित चण्डिपूर्णिमा मेला तथा साँस्कृतिक साँझ कार्यक्रमको आम्दानी तथा खर्च सार्वजनिक गरिएको छ ।

आयोजक संस्था रारा फुटबल कल्व राजारानीले आईतबार राजारानीमा एक कार्यक्रम गरेर ४४ लाख ४१ हजार पाँच सय ६५ रुपैया बराबरको आय तथा ४५ लाख दुई हजार चार सय ४५ रुपैंयाको खर्च सार्वजनिक गरेको छ ।

संस्थाले फुटबल प्रतियोगितामा ३२ लाख ७० हजार छ सय ६५ आय तथा ३४ लाख ६१ हजार चार सय ४५ रुपैंया खर्च भएको जानकारी दिएको छ ।

त्यस्तै सस्थाले ंमेला तर्फ ११ लाख ७० हजार नौ सय बराबरको आय तथा १० लाख ४१ हजार बराबरको खर्च सार्वजनिक गरेको छ ।

संस्थाका अध्यक्ष मणि चेम्जोङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चौबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार चेम्जोङ,उपाध्यक्ष टंकमायाँ पाङ्मी मगर,प्रमुख प्रशासकीय अधिकृत पर्शुराम दाहाल लगाएको उपस्थितिमा कार्यक्रको आयब्यय सार्वजनिक गरिएको हो ।

कार्यक्रममा पालिकाका अधिकांश वडा अध्यक्षहरुको उपस्थिति रहेको आयोजक संस्था राराका सचिव जीवन कटुवालले जानकारी दिनुभयो ।

गएको जेठ १० देखि १६ गते सम्म चौबिसे गाउँपालिकाको राजारानीमा आयोजना गरिएको फुटबल प्रतियोगितामा १३ देखि १६ गते सम्म मेला तथा साँकृतिक कार्यक्रमको आयोजना गरिएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖