धनकुटाको साँगुरीगढी फेदी र घण्टेमा पहिरो खस्दा राजमार्ग अवरुद्ध
धनकुटा । अविरल वर्षाका कारण कोशी राजमार्ग अन्तर्गत पर्ने धरान-धनकुटा सडकखण्ड अवरुद्ध भएको छ ।
गए राती देखि परेको बर्षाका कारण धरान -धनकुटा सडक खण्ड अन्तर्गत सागुरीगढी गापाको तमोर नदी देखि झरना सम्मका स्थानमा पहिरो खस्ने र खोलामा लेदो सहितको बाढी आउदा सवारी साधन आवात-जावतमा समस्या भएको हो ।
निरन्तर बर्षा भइ रहेको र पहिरो हटाउदै यातायातका साधनलाई ओहोर- दोहोर गराउने कार्य भइ रहेको प्रहरीले जनाएको छ ।
बर्षाका कारण धनकुटा जिल्लाका ग्रामीण सडकमा पनि यातायातका साधन आवत जावतमा समस्या भइ रहको छ भने सडक छिन-छिनमा खुल्ने र बन्द हुने क्रम जारी छ ।


