किरात राई साँस्कृतिक कलाकार संघले यसरी मनाउंदै १९ औं स्थापना दिवस

काठमाण्डाै । किरात राई साँस्कृतिक कलाकार संघले भाेलि (असार २९ गते) आफ्नाे १९ अाै स्थापना दिवस मनाउने भएकाे छ ।

काठमाण्डाै र उदयपुरमा हाजिरी जवाफ प्रतियाेगिताकाे आयाेजना गरि उस्ले आफ्नाे स्थापना दिवस भव्यताका साथ मनाउन लागेकाे हाे ।

किरात राई यायाेक्खाकाे कार्यलय काेटेश्वर काठमाण्डाै र उदयपुरकाे वेलका ९ स्थित आदिवासी जनजाती सभाहलमा प्रतियाेगिता हुने किरात राई सास्कृतिक कलाकार संघले जनाएकाे छ । प्रतियाेगितामा किरात राईकाे भाषा, धर्म, लिपि, सस्कार, सस्कृती, ईतिहास र भुगाेल सम्बन्धि प्रश्न साेधिने संघका महासचिव पदम थुलुङ राईले बताउनु भएकाे छ ।

किरात जन्य संघ संस्थाबाट ३ जनाकाे दरले सहभागी हुन पाउने प्रतियाेगिताकाे लागि अहिलेसम्म केन्द्र तर्फ २० र प्रदेश नं १ तर्फ २३ समूहले समूह दर्ता गराएकाे संगठन विभाग सचिव सुखकला राईले जानकारी दिनुभयाे ।

प्रतियाेगितामा पहिलाे हुने समूहलाई ११ हजार नगद सहित ढाेल,दाेश्राे हुनेलाई ७ हजार नगद सहित पाेमी र तेश्राे हुनेलाई ५ हजार नगद सहित झ्याम्टा पुरस्कार प्रदान गरिने छ ।

प्रदेश तर्फ प्रथम हुनेलाई झ्याम्टा, सिलिमी र पाेमी दाेश्राे हुनेलाई सिलिमी र पाेमी र तेश्राे हुनेलाई झ्याम्टा सहित मायाकाे चिनाे प्रदान गरिने छ ।

यहि अवसरमा साँस्कृतिक सम्मान र पुरस्कार वितरण समेत गरिने तयारी गरिएकाे छ । स्थापना दिवस तथा प्रतियाेगिताका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेकाे संघले जनाएकाे छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।