सहिदभूमिका दुई जना लागुऔषध ब्राउनसुगर सहित पक्राउ
धनकुटा । धनकुटामा लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय छिन्ताङले चेकजाँचको क्रममा को. ३८ प ६५६७ नम्वरको मोटरसाइकलमा सवार रहेका सहिदभुमी गाउँपालिका-२ का २८ बर्षिय हिरालाल राई र २८ बर्षीय नितेश राईलाई १४ मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो ।
लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेकाको थप अनुसन्धान भईरहेको प्रहरीले जमाएको छ ।


