धनकुटामा भू–संरक्षण,वन व्यवस्थापन तथा आयआर्जनका लागि विरुवा वितरण

धनकुटा,२ साउन । भू– तथा जलाधार व्यवस्थापन कार्यालय धनकुटाले कृषि सहकारी, समुह, किसान, सरकारी कार्यालयलाई भू–संरक्षण गर्न, वन व्यवस्थापन तथा आयआर्जनका लागि घाँस, फलफूल, रुखका विरुवा वितरण गरेको छ ।

“पहिरो,गल्छी र खोल्सामा रोपौँ डाले घाँस नेपियर, अम्लिसो र बाँस भूक्षय रोकिन्छ पहिरो थामिन्छ गाई वस्तुलाई हुन्छ घाँस” भन्ने नाराका साथ विरुवा उत्पादन गरि वितरण थालिएको कार्यालयले जनाएको छ ।

कार्यालयवे राई खन्यू, कोइरालो, नेपियर, मेन्दुला, अनार, कफि लगायतका विभिन्न जातका करिब ६० हजार विरुवा वितरण गरि सकिएको र अब करिब ३० हजार विरुवा वितरण गर्ने तयारी रहेको कार्यलयका सुचना अधिकारी प्रकाश लिम्बुले जानकारी दिनु भयो ।

कार्यालयले धनकुटा, भोजपुर, संखुवासभा र तेह्रथुमका कृषि सहकारी, समुह, किसानलाई नि:शुल्क विरुवा वितरण गर्दै आएको छ । धनकुटामा रहेको कार्यालयको कार्य क्षेत्र भने धनकुटा सहित भोजपुर, संखुवासभा र तेह्रथुम रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖