धनकुटामा कार दुर्घटना
धनकुटा,२ साउन। पाख्रिवासबाट धनकुटा आउदै गरेको कार धनकुटा नगरपालिका ४ मा रहेको कोशी प्रदेशका मुख्यमन्त्रीको सम्पर्क कार्यालय छेउमा दुर्घटना भएको छ ।
कृषि अनुसन्धान कार्यक्रमका कर्मचारी सवार को २ च १३४१ नम्बरको कार दुर्घटना भएको र कारमा सवार कर्मचारी सकुशल रहेको प्रहरीले जनाएको छ ।
घटनाको थप विवरण आउन बाँकी रहेको छ ।


