अपडेट : धनकुटामा दुर्घटना,१३ जना घाइते(नामावली सहित)
धनकुटा । धनकुटामा अाज सवारी दुर्घटनामा परि १३ जना घाईते भएका छन् । जिल्लाको धनकुटा नगरपालिका १ सुकेपोखरीमा बस र ट्याङ्कर एकापसमा ठोकिंदा उनिहरु घाइते भएका हुन् ।
धनकुटाबाट हिलेतर्फ आउंदै गरेको बा २ ख ७२५४ नम्बरको बस र विपरित दिशाबाट जाँदै गरेको को १ च १५३१ नम्बरको ट्याङ्कर आपसमा ठोक्किदा उनिहरु घाईते भएकन हुन् ।
घाईते हुनेहरुमा संखुवासभा धर्मदेवी नगरपालिका ३ का वर्ष १४ की संगिता पाैडेल, वडा नं ८ का वर्ष ६६ की मनमाया बसेल,वडा नं ८ कै वर्ष २० का अनोज कार्की, वडा नं ९ का वर्ष ६० का काजी बहादुर कार्की,वडा नं ६ का वर्ष ३१ की मेनुका पाैडेल, वडा नं ६ का वर्ष ५४ का विष्णु ब. श्रेष्ठ,वडा नं ६ कै वर्ष ३२ का निराजन बस्नेत,माेरङ बेलवारी २ का ७० वर्षका मान ब. बिक,सुनसरी ईटहरीका वर्ष ६५ का दुर्गा ब. कार्की,छथरजाेरपाटी गाउँपालिका १ धनकुटा कि वर्ष ९ कि आराेही बिक,लालिगुरास नगरपालिका ८ तेह्रथुम कि वर्ष ३७ कि कल्पना विक,संखुवासभाकी ९ कि वर्ष ३८ कि देवी परियार र धनकुटा नगरपालिका १ का वर्ष ३० कि होम कुमारी मल्ल रहेका छन् ।
उनिहरु सबैको जिल्ला अस्पताल धनकुटामा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
बस र ट्याङकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


