नेकपा(माओवादी केन्द्र) पाख्रीबास नगर समितिका सचिव राईको निधन
धनकुटा । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) पाख्रीबास नगर समितिका सचिव तथा अखिल नेपाल किसान संघ क्रान्तिकारीका केन्द्रीय सदस्य चिरन्जिवी राईको ४८ बर्षको उमेरमा आज निधन भएको छ ।
राईको आज बेलुका आफ्नै निवास पाख्रीबास ४ मा निधन भएको हो ।
विगत केही दिनदेखि हल्का ज्वरोले सताएको राईलाई आज अचानक रोगले च्यापेपछि पाख्रीबास आधारभूत अस्पताल लैजाने क्रममा वहांको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
स्व राई विभिन्न संघ,संस्थाहरुमा समेत आवद्द हुनुहुन्थ्यो । वहांको भोलि अन्त्येष्टि गरिनेछ ।
राईको परिवारमा श्रीमति र २ छोरी रहेका छन् ।


