धनकुटाको भेडेटारमा पर्यटक सहायता कक्षको उद्धघाटन
धनकुटा । धनकुटाको सागुरीगढी गाउँपालिका ६ भेडेटारमा पर्यटक सहायता कक्ष सञ्चालनमा ल्याईएको छ । पर्यटक सहायता कक्षको आज एक कार्यक्रमको वीच उद्घाटन गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरिक्षक श्याम सिंह चौधरी,सागुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राई लगायतको उपस्थितिमा पर्यटक सहायता कक्षको उद्घाटन गरिएको जिल्ला प्रहरी कार्यालस धनकुटाले जनाएको छ ।
पर्यटक सहायता कक्ष उद्घाटन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिलशेर राई,सम्पूर्ण वडाका वडाध्यक्षहरु,होटल व्यवसायी, विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनीधि र स्थानियहरुको उपस्थिति रहेको थियो ।


