धनकुटामा जन्मिएका लोक गायक तथा गीतकार जोशीको निधन

काठमाडौँ ।  लोक गायक लक्ष्मी प्रसाद जोशीको निधन भएको छ । उनको ८८ वर्षको उमेरमा हिजो साँझ निधन भएको हो । 

पुर्ख्यौली घर धनकुटा भए पनि उनी लामो समयदेखि झापाको दमकमा बस्दै आएका थिए । साँझ खाना खाएपछि उनी अचानक बेहोस भएको परिवारले जानएको छ ।

तत्कालै उपचारको अस्पताल लगिए पनि डाक्टरहरुले उनलाई मृत घोषणा गरेका हुन् । 

जोशीले ०१३ सालमा रेडियो नेपालबाट ‘नेपाली माया, नेपालै कस्तो’ बोलको पहिलो गीत रेकर्ड गराएका थिए । त्यस्तै उनको ‘खिपीमा खिपी’, ‘रिटिङ रिटिङ’,  ‘ओल्लो खोलो’, ‘बाख्राको पाठोले’, ‘साँगुरीको डाँडैडाँडा’, ‘उकाली ज्यानमा’ लगायत चार दर्जन गीत चर्चित छन् । 

उनले ०१९, ०२२ र ०२९ सालको लोकगीत प्रतियोगितामा स्वर्ण पदकसमेत जितेका थिए । तत्कालीन समयमा सोभियत रुसको नौ वटा राज्यमा सांगीतिक कार्यक्रम गर्ने उनी एक मात्र नेपाली गायक हुन् । पछिल्लो समय उनले ०६० मा लोकगीत संग्रह ‘अनावृत’ प्रकाशन गरेका थिए । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।