इटहरीकी स्नेहाको डेब्यु फिल्म ‘मोदिबिनी’ले बचपनको सपना पूरा गर्ला ?

इटहरी । जब उमेरले बामे सर्दैगर्दा आमाबुवाले ठूलो भएपछि के बन्छस् ? भनेर सोध्दा अधिकांशको जवाफ हुन्छ डाक्टर बन्ने, पाईलाट बन्ने, इन्जिनियर बन्ने आदि इत्यादि । तर, म हिरोनी बन्छु, हिरो बन्छु, टेलिभिजनमा देखिने मान्छे बन्छु भनेर कमैले भन्छन् । अहिले त्यही थोरैमा पर्छिन् स्नेहा भट्टराई । उनले बामे सर्दै गर्दा जे बोलिन् त्यही बाटो अंगाल्न लागिपरेकी छन् । उनले आफ्नो डेब्यु फिल्म रिलिजको संघारमा आउदै गर्दा आफुले सानो छँदा आमाको तँ ठुली भएर के बन्छन् ? भन्ने प्रश्नमा आफू टेलिभिजन भित्र पस्छु भन्ने जवाफ दिएको स्मरण गरिन् ।

त्यही बालापनदेखीको छनकलाई अनि त्यो अवोध सपनालाई पूरा गर्न स्नेहा अहिले फ्रन्ट लाईनमा आउने तर्खर गर्दैछिन् । उनको डेब्यु रहने फिल्म ‘मोदिबेनी’ यहि श्रावणको १८ गतेदखी प्रदर्शनमा आउँदै छ । यो फिल्म जब जब प्रदर्शनको नजिक आउदैछ, तब तब उनमा त्यो बालापनदेखीकै सपना साकारको नजिक पुग्दै गरेको अर्को सपना देखीरहेकि छन् । फिल्ममा उनी सहायक अभिनेत्रीको भुमिकामा देखिँदै छिन् । अब उनको अभिनयलाई दर्शकले कत्तिको रुचाउने वा नरुचाउने भन्ने कुरा जान्न त फिल्म रिलिज पर्खनै पर्ने हुन्छ । तर, फिल्मको क्यारेक्टरले मागेको सतप्रतिसत आफुले दिएको स्नेहा बताउँछिन् ।

कोशी प्रदेशको मुटुको रुपमा परिचीत इटहरीकि चेली हुन् स्नेहा । उनले आफ्नो सपना पुरा गर्ने यात्रा सौन्दर्य प्रतियोगिताबाट सुरु गरिन् । उमेरले १७ वर्ष टेक्दैगर्दा स्नेहाले इटहरीमा आयोजना भएको ‘मिस कलेज नेशनल-२०१७’मा सहभागी भईन् । उक्त सौन्दर्य प्रतियोगितामा फर्स्ट रनरअप हुँदै अन्तर्राष्ट्रिय भ्रमणको अवसर पाएसंगै कला क्षेत्र प्रवेशको लागी बाटो खुलेको बताउछिन् । यसरी हेर्दा उनले कला यात्राको सुरुआत गरेको ७ वर्ष भैसकेको छ । उनको पहिलो म्युजिक भिडियो ‘बिहानी’ हो । ५ वर्षअघि सार्वजनिक उक्त गीतलाई प्रन्जल पोख्रेलले गाएका थिए । त्यसपछि उनले ‘नौडाँडा पारी’, ‘खोला जस्तो जिन्दगी’ जस्ता गीतहरूमा अभिनय गरेकी छन् ।

यस्तै उनले ‘मिसयुज’ नामक लघुचलचित्रमा समेत अभिनय गरेकी छन् । स्नेहाले मुकुन भुसालसंग १ महिनाको अभिनय प्रशिक्षण लिएकी थिइन् । सिक्ने क्रमको अन्त्य कहिले नहुने भन्ने कुरा बुझेकी स्नेहाले अभिनयमा अझै निखार ल्याउन अनुप बरालसंग अभिनयको प्रशिक्षण लिने सोच बनाएकी छन् । अभिनयलाई नै आफ्नो करियर बनाएकी उनले मेघा टेलिभिजनमा कार्यक्रम प्रस्तोताको रुपमा पनि केही समय काम गरेको अनुभव छ भने हालसम्म झण्डै ३५ ओटा कमर्सियल टेलिभिजन बिज्ञापनमा समेत अभिनय गरिसकेकी छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।