धनकुटामा २६ सय गांजाका बोट तथा बेर्ना नष्ट
धनकुटा । धनकुटामा अवैध रुपमा लगाएका र प्राकृतिक रुपमा
उम्रेका गाँजाका बोट तथा बेर्ना नष्ट गरिएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान अर्न्तगत गाँजाका बोट तथा बेर्ना नष्ट गर्ने अभियान अनुसार साउन १४ गते उक्त गांजा नष्ट गरेको हो ।
इलाका प्रहरी कार्यालय छिन्ताङ्ग,धनकुटाबाट खटिएको प्रहरी टोलिले जिल्लाको शहिदभूमि गाउँपालिका वडा नं-२ का बिभिन्न स्थानबाट ८ रोपनी जग्गामा अवैध रुपमा लगाएका र प्राकृतिक रुपमा उम्रेका २६ सय गाँजाका बोट नष्ट गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।


