धनकुटाका ब्यावसायीद्नारा चर्को भाडादरको बिरोध

धनकुटा,१८ साउन । धनकुटा नगरपालिकाको स्वामित्वमा रहेको धनकुटा नगरपालिका वडा नम्बर ७ को माथिल्लो व्यापारिक भवनको अत्याधिक भाडादर बृद्धि गरिएको भन्दै त्यसको त्यहाँ व्यावसाय गर्ने ब्यावसायीले बिरोध गरेका छन् ।

धनकुटामा आज पत्रकार संम्मेलन गर्दै ब्यावसायीहरुले बजार मुल्य, व्यापारको अवस्था एवम् कानुनी पक्षको समेत ध्यान नदिइ खुल्ला प्रतिस्पर्धाको नाममा ठेकेदार छनोट गरि ठेकेदारले साविक भाडादरमा ८० प्रतिशत सम्म बढी तिर्नु पर्ने भन्दै सम्झौता गराउन थालेकोले व्यावसायीहरु त्रसित भएकोले त्यसको बिरोध गरेको बताएका हुन् ।

अत्याधिक भाडा बृद्धि भएको र ब्यावसय गर्ने अवस्था नभएको भन्दै सटर नै खाली गर्नु परेको व्यावसायी विपिन दाहालले बताए । नियामक निकाय धनकुटा नगरपालिकाले समेत आफूहरुको मागको सुनुवाइ नगरी व्यावसायी लाई ठेक्का दिएकोले आफूहरुले केहि गर्न नसक्ने जवाफ दिएकोले झनै व्यावसायीलाई त्रास भएको अर्को व्यावसायी दिपक श्रेष्ठले बताए ।

कर तिरी रहेका व्यावसायीलाई व्यावसाय गर्ने वातावरण बनाउँनु भन्दा हप्की धप्कीको भाषामा हामीले भने जति भाडा नतिर्ने भए सटर खाली गर्नु भन्ने सटरमा चाबी लगाउने चेतावनी समेत व्यावसायीलाई दिइएको व्यावसायी सुजित प्रधानले बताए । व्यावसायमा ठूलो लगानी भएकोले तत्काल सटर छोडेर हिड्ने अवस्थामा व्यावसायी समेत नरहको जिल्ला सहकारी संघ धनकुटाका अध्यक्ष खगेन्द्र सुवेदीले बताए ।

व्यावसायीलाई उचित भाडा र कर तिरेर व्यावसाय गर्ने वातावरण नगरपालिकाले मिलाउनु पर्ने यदि त्यसो नगरी मनलाग्दी गरे त्यसको कानुनी लगायत अन्य बाटो खोज्न समेत व्यावसायी पछि नपर्ने होटल एसोसियसन धनकुटाका अध्यक्ष खगेन्द्र बिष्टले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।