धनकुटामा करेन्ट लागेर १ जनाको मृत्यु
धनकुटा,२५ साउन । धनकुटा नगरपालिका ४ देब्रेवासमा आज १ जनाको करेन्ट लागेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा ६० बर्षिय कुमार राई रहेको छ ।
करेन्ट लागेर घाइते भएका राईको उपचारका लागि जिल्ला अस्पताल धनकुटा लगिएमा अस्पताल पुर्याए लगतै उनलाई चिकित्सकले मृत घोषित गरेका थिए ।


