युवा माझ लोकप्रिय लाखे नाच सुरु(भिडियो सहित)

धनकुटाको हिलेमा युवा माझ लोकप्रिय लाखे नाच सुरु(भिडियो सहित)
धनकुटा । धनकुटाको हिले बजारमा आज देखि नेवारी समुदायको परम्परागत लाखे जात्रा सुरु भएको छ । झरी र कुहिरोको कुनै प्रवाहनै नगरि हिलेमा नेवारी युवाहरुले लाखेनाच सुरु गरिएको हो ।

हरेक वर्ष निकालिने लाखे नाच यस वर्ष पनि आजबाट झिँगुनेवा समाज हिलेले निकाले हो । पछिल्लो समय युवा पुस्ता यो हाबी हुलै गएका छन् । लाखे नाच्ने देखि ढोल, झ्याम्टा बजाउँने, सबै युवा रहेका छन् ।

पुरानो पुस्ता बुढो हुदै गएकाले उहाहरुलेनै सिकाएको आधारमा आफुहरु आफ्नो संकृति जोगाउन लगी परेको स्थानिय सन्तोस श्रेष्ठले जानकारी दिनुभयो । अन्यत्र गठे मंगलवाटै सुरु भएपनि हिलेमा भने नागपञ्चमीवाट लाखे सुरु गर्ने गरिएको छ । स्थानीय युवाहरू संस्कृति र परम्परा अनुसार लाखे जात्रा सुरु गरिएको झिगु नेवा समाज धनकुटाका अध्यक्ष डिजेस शाक्यले बताउनुभयो ।

लाखेनाच अर्थात विभिन्न नाम दिईएका जात्रामा ढोल, झ्याम्टा बजाउँदै, ठाकठुके नाच, रोपाइँ नाच, विभिन्न हास्यव्यंग्यात्मक कार्यक्रम, जातीय संस्कृति र परम्पराअनुसारको नाच प्रदर्शन गर्दै बजारको परिक्रमा गर्ने चलन छ ।

लाखे पर्व कृष्ण जन्माष्टमीको भोलिपल्ट कृष्णले कंशलाई नाश गरेको दिनमा सकिन्छ । जिल्लाका अन्य स्थानमा भने यस अघिनै लाखे नाचु सुरु भइसकेको छ धनकुटामा धनकुटा बजारमा सबै भन्दा बढी लाखे नाच निश्कने गर्दछ धनकुटा बाहेक हिले सहित सिधुवा पाख्रिवास मुलघाट लगायतका स्थानमा समेत लाखे नाच नचाउने गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।