धनकुटामा यसरी मनाइयो गाईजात्रा पर्व(फोटो फिचर)
धनकुटा,४ भदौ । धनकुटामा समेत मंगलबार गाईजात्रा पर्व मनाइएको छ । सदरमुकामका विभिन्न टोलबाट गाइजात्रा निकालेर शहरपरिक्रमा गराइएको हो ।
नेवारी समुदायको बाहुल्यता रहेको सदरमुकामको श्रीवानी बाट निकालिएको जात्रा बजार परिक्रमा गरि सम्पन्न गरिएको थियो । जात्रा मदनचोक, चुवाको बोट, परिचयमोड भिमनारायणचोक, माथिल्लोकोप्चे, तल्लोकोप्चे हुँदै सदरमुकाममा रहेको लल्लो टुँडिखेलमा आएर समापन भएको थियो । यसरी नगरपरिक्रमा गर्नाले बर्षभरी मृत्यू भएका व्यातिm गाईको पुच्छर समाती वैतरणी पार हुने धार्मिक विश्वास रहेको छ ।
गाईजात्रासंगै लाखेनाच र लाठीनाच समेत निकालिएको थियो । गाइजात्राको अवसमा सामाजिक विकृतीप्रति व्याग्यात्मक प्रदर्शन समेत हुने गरेको छ । धनकुटा सदरमुकाम सहित जिल्लाका अन्य क्षेत्रमा समेत गाइजात्रा निकालिइको थियो । गाइजात्राको अवसरमा धनकुटा नगरपालिकाले स्थानिय विदा समेत दिएको थियो ।
राजा प्रताप मल्लले पुत्रशोकमा परेकी आफ्नी श्रीमतीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन जनतालाई आआफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउन आदेश दिएकाले हाल पनि यो पर्व मनाइने गरेको हो । यतिले पनि रानीको मन शान्त हुन नसकेपछि विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम समेत गरेर नाचगान तथा मृत व्यक्तिको सम्झनामा यो पर्व मनाउने गरिएको जनविश्वास छ ।








