धनकुटाका ७ स्थानिय तह मध्ये संस्थागत क्षमता स्वमूल्याङ्कनमा छथर जोरपाटी पहिलो
धनकुटा,९ भदौ । धनकुटाका सात स्थानीय तह मध्ये संस्थागत क्षमता स्वमूल्याङ्कन लिजामा सबैभन्दा बडी अंक ल्याउदै छथरजोरपाटी गाउँपालिका उत्कृष्ट वनेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आ.व. २०७९÷८० को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको गुणस्तर परीक्षण पश्चातको अन्तिम नतिजामा छथरजोरपाटी गाउँपालिका जिल्लाभित्रका सात स्थानीय तहमध्येकै उत्कृष्ट वन्न सफल भएको हो ।गाउँपालिकाले १० वटा सूचकमा औषत कुल ८१ अंक प्राप्त गरेको छ ।
सहिदभूमि गाउँपालिकाले ७९.५० अंकसहित दोस्रो स्थान प्राप्त गरेको छ । यस्तैगरी चौबिसे गाउँपालिकाले ७४.२५ अंकका साथ तेस्रो , ७२ अंक सहित साँगुरीगढी गाउँपालिका चौथो , पाख्रिबास नगरपालिकाले ६९ अंक सहित जिल्लामा पाँचौ , महालक्ष्मी नगरपालिकाले ६६ अंक सहित छैठौ र धनकुटा नगरपालिकाले भने ६० अंक सहित सातौ भएको छ ।


