इटहरीमा ‘मिस्टर एन्ड मिस लिटिल पुर्बेली’को अन्तिम अडिसन सम्पन्न

इटहरी । इटहरीमा आयोजना हुने ‘मिस्टर एन्ड मिस लिटिल पुर्बेली’ प्रतियोगिताको दोश्रो तथा अन्तिम अडिसन हालै सम्पन्न भएको छ । ग्लोबल ड्रीम्स म्यानेजमेन्ट र ओपन स्पेसको सहकार्यमा आयोजित यस प्रतियोगितामा बालबालिकाले आफ्नो कला र क्षमताको उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखिएको छ । शनिबार सम्पन्न दोश्रो अडिसनमा ५० जना बालबालिकाले सहभागिता जनाएका थिए, जसबाट ३० जना प्रतियोगी अन्तिम चरणका लागि छनौट भएका छन् ।

यसअघि सम्पन्न पहिलो अडिसनमा ८० जना बालबालिकाले सहभागिता जनाएका थिए भने जसबाट ५० जनालाई दोश्रो चरणका लागि छनौट गरिएको थियो । अडिसनको निर्णायक मण्डलमा ग्लोबल ड्रीम्स म्यानेजमेन्टका सिइओ स्मित कार्की, इभेन्ट म्यानेजर सजिना श्रेष्ठ, पेस लक्जरी मेकअप स्टुडियोकि संचालिका प्रिया कार्की र अधिवक्ता आदभ बान्तावा रहेका थिए । निर्णायकहरूको समूहले प्रतियोगीहरूलाई विभिन्न आधारमा मूल्याङ्कन गरी उत्कृष्ट प्रतिभा छनौट गरेको हो ।

अडिसन इटहरीको गोर्खा होटलको सभाहलमा गरिएको थियो । सहभागी बालबालिकाका अभिभावकहरुको समेत उपस्थिति रहेको यस कार्यक्रममा बालबालिकाले आ-आफ्नो प्रतिभा प्रस्तुत गर्दै निर्णायकहरूलाई प्रभावित गरेका थिए । छनौट भएका बालबालिकाहरूलाई यहि बिहीबारदेखि इटहरीमै विभिन्न प्रशिक्षण प्रदान गरिनेछ । आयोजकका अनुसार २५ दिन लामो प्रशिक्षण हुनेछ । जसमा व्यक्तित्व विकास, प्रस्तुति कला, आत्मविश्वास अभिवृद्धि, बोल्ने कला, र्याम्प वाल्क र अन्य विभिन्न गतिविधिहरू समावेश गरिनेछन् ।

यस तालिमले बालबालिकाहरूलाई कार्यक्रमको फिनालेको लागी र आफ्नो व्यक्तित्व विकासको लागी समेत महत्त्वपूर्ण हुने आयोजकको विश्वास छ । प्रतियोगिताको फिनाले दशैँ र तिहारको बीचमा आयोजना गरिने भएको छ । यस फिनालेमा छनौट भएका प्रतियोगीहरूले तालिम पस्चात आफ्नो अन्तिम प्रस्तुति दिनेछन् । जसबाट ‘मिस्टर एन्ड मिस लिटिल पुर्बेली’को उपाधि विजेता घोषणा गरिनेछ । मिस्टर र मिस तर्फका बिजेताले ३०/३० हजार नगद सहित अन्य धेरै पुरस्कारहरु जित्ने अवसर पाउनेछन् । आयोजकहरूले यो प्रतियोगिता बालबालिकाको व्यक्तित्व विकास र आत्मविश्वास अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖