नेपालमा एयर ब्याडमिन्टनको सुरुवात

काठमाडौँ । नेपाल ब्याडमिन्टन संघले युरोपमा लोकप्रिय रहेको बिश्व ब्याडमिन्टन महासंघको मान्यता प्राप्त नयाँ प्रकारको ब्याडमिन्टन खेल ‘एयर ब्याडमिन्टन’ लाई नेपालमा पनि सुरुवात गर्ने उद्धेश्यले एक दिने प्रदर्शन खेलको आयोजना गर्यो ।

दक्षिण एशियामानै पहिलो पटक जस्तो सुकै खुल्ला मैदानमा रमाईलो खेलको रुपमा खेल्न सकिने यो खेल ललितपुरको पाटन औद्योगिक क्षेत्रमा रहेको ब्याडमिन्टन मैदानमा आयोजना गरिएको थियो ।

‘एयर ब्याडमिन्टन’ द न्यू ब्याडमिन्टन गेम २०२४ नामाकरण गरिएको प्रदर्शन खेलमा पुरुष तर्फ १०८ र महिला तर्फ ३४ खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । पुरुष र महिला युगल तर्फ खेलाईएको खेलमा पुरुष युगल तर्फ लगनखेलका विलन मलान र उज्जल दाहालको जोडी प्रथम भएका थिए । यस्तै दोश्रो स्थानमा ललितपुरका मनिष बज्राचार्य र राकेश शाक्यको जोडी, तेश्रो स्थानमा आयुष प्रजापती (भक्तपुर) र एलिस थापा (चितवन) तथा अजय महर्जन र साजन महर्जन (थसी)को जोडी रहे ।

यसै गरि महिला तर्फ नुमा लिम्बु (नखिपोट) र नविना (एपिएफ) को जोडीले शर्मिला के.सी. र पार्वती राई (पिएफसी)को जोडीलाई फाईनलमा पराजित गर्दै प्रथम स्थान हात पारे । यस्तै पिएफसीका मैया भट्टराई र सिता कार्कीको जोडी तथा भक्तपुरका लिना सिपाई र सुभेक्षा था श्रेष्ठको जोडी संयुक्त तेश्रो भए । नेपाल ब्याडमिन्टन संघका पूर्व अध्यक्ष प्रकाश बहादुर शाही र निवर्तमान अध्यक्ष रमेश कुमार श्रेष्ठले संयुक्त उद्घाटन गरेको प्रदर्शन खेलको बिजेता खेलाडीहरुलाई नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, सहमहासचिव नविन विक्रम शाह, कोषाध्यक्ष तीलक पाण्डे, पूर्व प्रमुख प्रशिक्षक रजनी मैया जोशी, सहायक मुख्य प्रशिक्षक किरण थापा, सचिव राजु थापा, सदस्य छबी शाही, पूर्णभक्त चित्रकार, भुवन श्रेष्ठ, बागमती प्रदेश ब्याडमिन्टन संघका अध्यक्ष रुद्र कुमार थिङ्ग लगायतले मेडल तथा प्रमाण पत्र बितरण गरेका थिए ।

बिश्व ब्याडमिन्टन महासंघले खुल्ला मैदानमा सवै समूहका लागि उपयुक्त हुने नयाँ प्रकारको ब्याडमिन्टनलाइ जन समक्ष परिचयात्मक रुपमा प्रस्तुत गरेको छ । एयर ब्याडमिन्टन द न्यु ओपन ब्याडमिन्टन नामाकरण गरिएको ब्याडमिन्टन परम्परागत ब्याडमिन्टन खेल भन्दा केही फरक रहेको छ । यसमा एकल, युगल र तीन जनाको समूहमा खेलाडीहरु सम्मिलित भएर प्रतिस्पर्धा गर्न सकिने छ । यसको मैदान र सटलकक परम्परागत ब्याडमिन्टन खेलको भन्दा फरक रहेको छ । कोर्टको मापदण्ड १६ मिटर लम्बाइ र ५ मिटर चौडाइ रहेको हुन्छ । नेटबाट २ मिटरको स्थानलाइ डेड जोन मानिन्छ । उक्त स्थानमा सटलकक झरेमा आउट र खेलाडीले उक्त स्थानको लाईन क्रस गरेमा फल मानिनेछ । यस्तै डेड जोनबाट ३ मिटर पर सर्भिस लाईन रहने र ३ मिटरको सर्भिस जोनबाट सर्भिस गर्नु पर्ने हुन्छ । यस्तै विपक्षीमा जुनसुकै खेलाडीले रिसिभ गर्नु पाउँछ । खुला मैदानमा खेलाईने भएकोले हावाको चापलाई मध्यजर गर्दै भिन्न प्रकारको सटलकक बनाईएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।