धनकुटाको चौबिसेबाट भरुवा बन्दुक सहित १ जना पक्राउ
धनकुटा, भदौ १३ गते ।धनकुटाको चौबिसे गाउँपालिका-५ बैकुण्ठेका ४५ बर्षीय प्रेम बहादुर जोगीलाई भरुवा बन्दुक सहित प्रहरीले पक्राउ गरेको छ ।
हिजो राती अस्थायी प्रहरी पोष्ट मौनाबुधुक र इलाका प्रहरी कार्यालय राजारानीबाट खटिएको प्रहरी टोलीले जोगीलाई भरुवा बन्दुक १ थान, खुकुरी १ थान र चक्कु १ थान सहित पक्राउ गरेको हो ।
भरुवा भन्दुक सहित पक्राउ परेका जोगीको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भईरहेको छ ।


