पाख्रीबासमा चट्यांगले लागेर एक घर ध्वस्त
धनकुटा । आज दिउंसो वर्षात सँगै परेको चट्याङको कारण धनकुटाको पाख्रीवास नगरपालिका ८ घामे पुच्छरमा एक घरमा आगलागी भएकाो छ ।
वर्षात सँगै चट्याङ खस्दा अम्मर बहादुर गिरीको ढुंगा,माटोको गारो र फुसको छाना भएको दुई तले घर जलेर नष्ट भएको ८ नं वडाध्यक्ष गजेन्द्र राईले जानकारी दिनु भयो ।
आगलागीको कारण घर सहित काठपात जलेका छन् ।
घरमा मानिसहरु नबस्ने भएकोले ठूलो क्षति हुनबाट जोगिएको वडाले जनाएको छ ।


