धनकुटामा लागुऔषध सहित एक पक्राउ
धनकुटा । धनकुटामा लागुऔषध सहित १ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको छथरजोरपाटी गाउँपालिका-६ का २२ बर्षीय संजय राई रहेका छन् ।
राईलाई प्रहरी चौकी सिधुवाबाट खटिएको प्रहरी टोलीले COLIBAN ४५८ ट्याब्लेट र TRAMADOL ५६० क्याप्सुल सहित पक्राउ गरेको हो ।
लागुऔषध सहित पक्राउ परेकाको थप अनुसन्धान भईरहको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।


