सिंधुवामा बहुआयामिक पुस्तकालय संचालन
धनकुटा,१६ भदौ । धनकुटाको छथर जोरपाटी गाउँपालिकाको सिंधुवामा रहको सिंधुवा छथर जोरपाटी सामदायिक पुस्तकालय तथा श्रोत केन्द्र सञ्चालनमा आएको छ ।
जापान सरकार, गाउँपालिका र स्थानियको साझेदारीमा निर्माण कार्य सम्पन्न भएको पुस्तकालय जापानका उपराजदुत मिसन उपप्रमुख ताकाहिरो तामुरा र छथरजोरपाटी गाउँपालिकाका अध्यक्ष छत्रबहादुर सुव्बाले संयूक्त रुपमा उत्घाटन गरे संगै संचालनमा आएको हो ।
जापान सरकारको तीन बर्षे आयोजना अन्तर्ग नेपाल स्थित एसभिए र रिड नेपालको समन्वय तथा प्राबिधिक सहयोगमा पालिकाको वडा नं.६ सिंधवामा पुस्तकालय सञ्चालनमा आएको हो । जापान सरकारको एक करोड ६२ लाख , गाउँपालिका र स्थानियको ५० लाख ३० हजार गरी कुल २ करोड १२ लाख ३० हजारमा आयोजना सम्पन्न भएको हो ।
यस पुस्तकालयमा बच्चा देखि जेष्ठ नागरिकहरु ज्ञान संगै जीवन उपयोगी सिप र अवसरहरुको खोजी गर्न नयाँ शैलीमा पुस्तकालय रहेको श्रोत केन्द्रका अध्यक्ष अर्जुन घिमिरेले जानकारी दिनुभयो ।


