धनकुटाको औद्योगिक ग्राममा शिपमूलक तालिम सम्पन्न
धनकुटा । रोजगार तथा स्वरोजगार बनाउने उदेश्यले धनकुटाको औद्योगिकु ग्राममा शिपमुलुक सावुन बनाउने,दुना टपरी बनाउने र अगवत्ति बनाउने गरी ३ वटा शिपमुलुक तालिम आज सम्पन्न भयो ।
तालिमको समापन कार्यक्रममा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले शिपमुलक तालिम लिईसकेपछि मानिसलाई रोजगार तथा स्वरोजगार बनाउने वताउनु भयो ।
जुनु घरेलु उद्योग धनकुटाले दुना टपरी बनाउने तालिम, शुभसमृद्धी अगरबत्ति उद्योगले अगरवत्ति बनाउने तालिम र धनकुटेली साबुन उद्योगले सावुन बनाउने सात÷सात दिने शिपमुलक तालिम संचालन गरेको हो ।
उक्त तालिमको समान कार्यक्रममा मुख्य प्रशिक्षक तथा टेक्निशियन निर्मल तामाग र सहभागीहरुलाई धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,घरेलु उद्योग धनकुटाका प्रपाईटर जुनुमाया राई, शुभसमृद्धी अगरबत्ति उद्योगका प्रवन्ध निर्देशक विपिन दाहाल, धनकुटेली साबुन उद्योग धनकुटाका प्रोपाईटर भोगेन्द्र राईले सम्मान पत्र,मायाको चिनो र प्रमाण पत्र प्रदान गर्नु भएको थियो ।
शिपमुलुक रोजगार तथा स्वरोजगार तालिममा ९ जना प्रशिक्षार्थीहरुले भाग लिएका थिए ।


