रेडक्रस दिवसको अवसरमा सिंधुवामा रक्तदान
धनकुटा,१९ भदौ । ६२ औं राष्ट्रिय रेडक्रस दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी सिंधुवा उपशाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा ५२ जनाले रक्तदान गरेका छन् ।
छथर जोरपाटी गाउँ पालिकाको आर्थिक सहयोग ,नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुनसरीको प्राविधिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी सिंधुवा उपशाखाले आयोजनाले गरेका रक्तदान कार्यक्रममा १५ महिला र ३७ पुरुष गरी ५२ जना रक्तदान गरेका हुन् ।


