धनकुटाको महालक्ष्मीमा किरात राई यायोक्खाको नगर समिती गठन
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा किरात राई यायोक्खाको नगर समिती गठन गरिएकाे छ ।
किरात राई यायाेक्खा (किराया)जिल्ला कार्य समिती अध्यक्ष उद्दवमणि राई र किराया पाख्रीवास नगर समिती अध्यक्ष जितेन्द्र माङपाहाङ राईकाे उपस्थितीमा आज २२ सदस्यीय किराया महालक्ष्मी नगर समिती गठन गरिएकाे हाे ।
समितीकाे अध्यक्षमा महेश कुमार राई, उपाध्यक्षमा नविन राई, सचिवमा उमेश राई र काेषाध्यक्षमा लाल कुमारी राई रहेका छन् ।
अन्य सदस्यहरुमा सेमन्त राई,राज कुमार राई,सजिना राई,सम्पूर्ण राई,सलिना राई, नवराज राई,सुनिता राई, महाप्रसाद राई,प्रतीक राई,समीर राई,लिला राई,अमिर राई,हेमराज राई,सम्शेर राई र रविन राई रहेकाे किराया जिल्ला कार्य समिती अध्यक्ष उद्दवमणी राईले जानकारी दिनु भयाे ।


