धनकुटामा खुकुरी प्रहार गरि श्रीमतिको हत्या
धनकुटा । धनकुटामा खुकुरी प्रहार गरि श्रीमतिको हत्या गरिएको छ ।
जिल्लाको महालक्ष्मी नगरपालिका १ का ३० बर्षिया बिजय दर्जीले २५ बर्षिया श्रीमति सरिता दर्जीको खुकुरी प्रहार गरि हत्या गरेका हुन् ।
श्रीमान्ले खुकुरी प्रहार गरेर घाइते भएकी श्रीमती सरिताको आइतबार बिहान करिब ४ बजे जिल्ला अस्पताल धनकुटामा उपचारका क्रममा मृत्य भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी राजबाबु महर्जनले जानकारी दिए ।
प्रारम्भिक जानकारीअनुसार सामान्य घरझगडा भएको कारण खुकुरी प्रहार भएको उनले बताए । विजय दर्जीको मानसिक सन्तुलन ठिक नभएको पाईएको प्रहरीले जनाएको छ ।
विजयले श्रीमतीलाई आक्रमण गरेपछि आफैँलाई पनि खुकुरीले हानेका थिए । उनलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।


