धनकुटा सदरमुकामका बजार ,पसल अब हप्ताको सातै दिन खुल्ने
धनकुटा,६ असोज । दशैं, तिहार लगायतका चाड पर्व नजिकिए संगै हरेक शनिबार बन्द रहने धनकुटा सदरमुकामका बजार पसल अब भने हप्ताको सातै दिन खुल्ने भएका छन् ।
दशैं तिहार जस्ता चाडपर्व नजिकिए संगै सोह्रश्राद्ध देखि छठ सम्म सातै दिन व्यावसायीहरुले पसल खोल्नु पर्ने उद्योग वाणिज्य संघ धनकुटाले गरेको निर्णय लाई शनिबार पनि बजार पसल खुल्ला गरेर निर्णय कार्यान्वयनमा ल्याइएको उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजयसन्तोषी राईले जानकारी दिए ।
दशैं तिहारको समयमा उपभोतmाको आवश्यकता मध्यनजर गर्दै र व्यापारीहरुको समेत मागको आधारमा सोह्रश्राद्ध देखि छठ सम्म सातै दिन व्यावसायीहरुले पसल खोल्नु पर्ने अध्यक्ष राईको भनाई छ । व्यावसायीहरु लाई सामाजिक संचाल र सुचना प्रवाह गरेर बजार पसल सातै दिन खोल्न भनेका छौ अब यो क्रम छठ सम्म रहन्छ राईले भने ।
उद्योग वाणिज्य संघले पसलमा काम गर्ने मजदुरको अधिकार लाई व्यावसायीले सम्मान गर्नु पर्ने भन्दै हप्तामा एक दिन शनिबार धनकुटा बजार बन्द हुने गरेको छ ।


