नेपालको हारको सिलसिला जारी, क्यानडासँग ५ विकेटले पराजित

काठमाडौँ । नेपाल आइसीसी विश्वकप लिग- २ अन्तर्गत जारी सिरिजमा लगातार तेस्रो खेलमा पराजित भएको छ ।  गएराती सम्पन्न खेलमा नेपाल क्यानडासँग ५ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १८२ रनको लक्ष्य पछाएको क्यानडाले ४२ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि टस जितेर पहिला ब्याटिंग गर्दै नेपालले ४६.१ ओभरमा अल आउट हुदै १८१ रन बनाएको थियो । 

यस सिरिजमा नेपालको ब्याटिंग लगातार फ्लप हुदै आएको छ । नेपालले आफ्ना शिर्ष क्रमका ५ ब्याट्सम्यान केवल ३६ रन बनाएर गुमाएको थियो ।

यो जित पछि क्यानडा लिग-२ को अंक तालिकामा शिर्ष स्थानमा उक्लिएको छ । क्यानडाको ११ खेलमा १४ अंक भएको छ । त्यस्तै नेपालले भने ७ खेलमा एक जित र ६ हार बेहोरेको छ र केवल २ अंक हासिल गरेको छ ।
  

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।