धनकुटाको मुलघाटमा बाढीले चिताका लागि तयार ३० थान दाउरा बगायो,डिजेलबाट संचालित शवदाह केन्द्र क्षतिग्रस्त
धनकुटा । केहि दिन देखि परेको अविरल बर्षाको कारण तमोर नदीमा बाढी आउंदा धनकुटा नगरपालिका ९ मुलघाटमा रहेको विश्रान्ति मन्दिरको हरिहर भवन र पितृभवनको तल्लो तलामा बाढी पसेको छ ।
बाढीले मन्दिर वरिपरिको पर्खाल भत्काएको विश्रान्ती मन्दिर व्यावस्थापनले जनाएको छ साथै बाढीले चिताका लागि तयार गरिएको करिव ३० थान दाउरा बगाएको छ ।
डिजेलबाट सञ्चालित शवदाह केन्द्रमा पानी पस्दा क्षतिग्रस्त भएको छ ।


