सहिदभूमिमा जेष्ठ नागरिकलाई सिरक र अपांगता भएकालाई लठ्ठी वितरण
धनकुटा । सहिदभूमि गाउँपालिका वडा नं ६ धनकुटाले २५ जना ज्येष्ठ नागरिकलाई न्यानो सिरक वितरण गरेको छ ।
बुधबार वडाले एक कार्यक्रमका बिच ७८ वर्ष देखि ८० वर्ष सम्मका २५ जना ज्येष्ठ नागरिकलाई सिरक वितरण गरेको हो ।
सिरक वितरण कार्यक्रममा सहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राई वडा अध्यक्ष हेमकुमार राईले सिरक प्रदान गर्नुभएको थियो । सोहि अवसरमा शारीरिक रुपमा समस्या भएका अपांग व्यक्ति ३ जनालाई टेक्ने लठ्ठी र सहायक सामाग्री प्रदान गरिएको थियो ।
यस अघि अघिल्लो वर्ष पनि वडाले ८० देखि ८४ वर्ष समुहका जेष्ठ नागरिकलाई सिरक वितरण गरेका थिए ।





