दशैमा हुने खर्चले चलयमान बनाउँदैछ अर्थतन्त्र
धनकुटा,१८ असोज । धनकुटाको छथर जोरपाटी गाउँपालिकाका आइतराज लिम्बुले कतारमा रहेको छोरा चन्द्र बहादुर लिम्बुले घर परिवार लाई दशै मनाउँन कतार बाट पठाएको खर्च र आफुले समेत दशै खर्चका लागि जोगाएर राखेको रकम बाट दशैमा उपभोग्य बस्तु र केहि जिन्सी सामग्री खरिद गर्ने सोच बनाएको बताए ।
त्यस्तै धनकुटाको चौबिसे गाउँपालिकाका हर्कराज लिम्बुले पनि घर परिवार लाई राम्रो संग दशै मनाउन भनेर विदेश बाटै खर्च पठाएका छन् । गाउँका युवाले दशैमा गर्ने संस्कृतिक कार्यक्रमका लागी धनकुटा नगरपालिकाका सुवास राईले समेत आर्थिक सहयोग विदेश बाटै गरेका छन् । माथिका प्रतिनिधी पात्रले पठाएको रकम र परिवार आफैले जोहो गरेर दशैं लाई नै कन्द्रीत गरेर गरिने खर्चले शहर देखि ग्रामिण क्षेत्रको अर्थतन्त्र लाई चलयमान बनाउन सहयोग पुगेको छ ।
दशैं तिहार जस्ता पर्व लाई संस्कृतिक पर्वको रुपमा लिइएको भए पनि यसको आर्थिक पाटो व्यापक रहेको धनकुटा बहुमुखी क्याम्पसका उप प्राध्यापक तथा अर्थशास्त्र विभागका प्रमुख दिनेश अधिकारी बताउँछन् । कुनै पनि देशको अर्थ तन्त्र लाई चलयामान बनाउँनका लागि त्यस देशमा मुद्रा चल्नु पर्दछ दशै, तिहार र छठ जस्ता पर्वले नेपालको अर्थतन्त्र लाइ चलयमान बनाउँनका लागी महत्व पूर्ण भूमिका रहेको अधिकारीको भनाई छ ।
दशै तिहार भन्ने वितिकै खर्चालु हुन्छ भन्ने पाटो लाइ मात्र हेर्न नमिल्ने र दशै, तिहारमा खर्च हुन्छ र घर परिवारमा पैसा पठाउनु पर्छ भन्ने आर्थिक वबाद वैदेशिक रोजगारीम गएका युवामा हुने र देशमै रहेर निस्कृत रहेका यूवा समेत दशैका लागि खर्च जुटाउनका लागी काममा लाग्ने हुदाँ निस्कृय श्रम शतिm पनि सकृय हुने अधिकारी बताउँछन् ।
दशैले गाउँमा उत्पादन भएको मासुजन्य कृषि उपज लाई बजारी करण गर्न समेत निकै ठूलो भूमीका निर्वाह गर्ने र बजारको उत्पादन लाई गाउँमा समेत पु¥याउने भएकोले बजार अर्थतन्त्रमा दशैको महत्व रहेको र दशैमा हुने खर्चले नेपालको अर्थतन्त्र लाई समेत चलयमान बनाउँने गरेको अधिकारीको भनाइ छ ।


