पाख्रिबासमा पहिरोमा परि ज्यान गुमाएका पीडित परिवारलाई कोशी प्रदेश सरकारको आर्थिक सहयोग
धनकुटा,२२ असोज । असोज १२ गते पहिरोमा पुरिएर ज्यान गुमाएका धनकुटाको पाख्रीबास नगरपालिका ५ का पीडित परिवारलाई कोशी प्रदेश सरकार बाट आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।
पीडित परिवारलाई प्रदेश सरकारले नगद १ लाख सहयोग गरीएको र उक्त सहयोग रकमको चेक कोशी प्रदेश सांसद ईन्द्रमणी पराजुली र धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले संयुक्त रुपमा पिडित परिवारका सदस्य सन्तोष तामाङलाई लाई आज हस्तान्तरण गर्नु भएको छ ।
पहिरोमा पुरिएर सन्तोष तामाङकी श्रीमती आशा तामाङ्ग र उनकी आमा लक्ष्मीशोभा तामाङको मृत्यु भएको थियो । सोहि अवसरमा नेपाल रेडक्रस सोसाईटी धनकुटाले पनि पीडित परिवारलाई राहत समाग्री हस्तान्तरण गरेको थियो ।


