धनकुटामा यसरी मनाइयो ६९ औं प्रहरी दिवस २०८१(फोटो फिचर)
धनकुटा । धनकुटामा पनि आज ६९ औं प्रहरी दिवस २०८१ कार्यक्रमको आयोजना गरि मनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय धनकुटाको नवनिर्मित भवन परिसरमा ६९ औं प्रहरी दिवस २०८१ को अवसरमा वृहत कार्यक्रमको आयोजना गरी मनाइएको हो ।
जिप्रका धनकुटाका प्रमुख प्रहरी उपरीक्षक श्याम सिंह चौधरीको अध्यक्षतामा, जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेलको प्रमुख आतिथ्यता कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण ,अमर प्रहरी परिवारलाई कदरपत्र प्रदान,जेष्ठ पूर्व प्रहरी कर्मचारीहरुलाई दोसल्ला ओढाई सम्मान,बर्ष भरी उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई प्रशंसा पत्र प्रदान साथै प्रहरी दिवसको अवसरमा संचालित बिभिन्न प्रतियोगिताका बिजेता प्रहरी कार्मचारीहरुलाई पुरस्कृत गरीएको थियो ।
कार्यक्रममा पाख्रिबास नगरपालिकाका नगर प्रमुख ज्ञान बहादुर गुरुङ , साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राई , छथरजोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र बहादुर सुब्बा, जिल्ला सरकारी वकिल कार्यालय धनकुटाका जिल्ला न्यायधिबक्ता दिपेन्द्र दनुवार, नेपाली सेना प्रमुख सेनानी गणेश थापा,सशस्त्र प्रहरीबलका सशस्त्र प्रहरी नायब उपरीक्षक मदन नाथ,धनकुटा जिल्लाका राष्ट्रिय अनुसन्धान जिल्ला प्रमुख अनुसन्धान अधिकृत रुद्र गुर्मछान मगर लगायत विभिन्न सरकारी कार्यालयका कार्यालय प्रमुखहरू,अमर प्रहरीका परिवारहरु, पूर्व प्रहरीहरू, स्थानिय जनप्रतिनिधीहरु, समाजसेबी, संचारकर्मीहरु, स्थानिय संघसंस्थाका प्रमुख एवं प्रतिनिधीहरु बुद्धिजिबीहरुको उपस्थिती रहेको थियो ।











स्रोत :जिल्ला प्रहरी कार्यालय धनकुटाको फेसबुक


