धनकुटामा न्यूनतम तापक्रम १५.५ डिग्री सेल्सियस
धनकुटा । मनसुन बाहिरिए संगै देशभरको तापक्रम क्रमश घट्दो क्रममा छ।
न्यूनतम तापक्रम क्रमशः घट्दा धनतुटा लगायत विभिन्न जिल्लाहरूमा बिहान बेलुका चिसो महशुस हुन थालेको छ।
हिजो धनकुटामा न्यूनतम तापक्रम १५.५ डिग्री सेल्सियस मापन गरिएको छ ।
त्यस्तै ओखलढुंगामा १४.२ डिग्री सेल्सियस, ताप्लेजुङमा १४.३ डिग्री सेल्सियस, विराटनगरमा २२.५ डिग्री सेल्सियस, धरानमा २० डिग्री सेल्सियस न्यूनतम तापक्रम मापन भएको थियो।
देशभर अधिकतम तापक्रम पनि घट्दो क्रममा छ।


