पोखरामा रबि समर्थक प्रदर्शनकारीमाथि पानीको फोहोरा

काठमाडौं- पोखरामा प्रदर्शनरत रास्वपाका कार्यकर्ता तथा समर्थकमाथि प्रहरीले पानीको फोहोरा प्रहार गरेको छ। सहकारीको बचत रकम अपचलनको मुद्दामा रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा उनीहरूले निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले बल प्रयोग गरी पानीको फोहोरा हानेर प्रदर्शनकारीलाई तितरबितर पारेको हो।

जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा महानगरपालिकाको शहिदचोक र ग्रैहापाटन आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। यद्यपि, निषेधाज्ञाका बीच पनि रास्वपा कार्यकर्ता र रविका समर्थकहरूले सरकारविरुद्ध चर्को नाराबाजी गरिरहेका छन्।

नारावाजी र प्रदर्शनका क्रममा बेलाबेलामा प्रहरीसँग धकेलाधकेलसमेत भइरहेको थियो। प्रदर्शनको नेतृत्व रास्वपाका शीर्ष नेताहरू उपसभापति डिपी अर्याल, स्वर्णीम वाग्ले, पूर्वमन्त्री सुमना श्रेष्ठ, सांसद हरि ढकाल आदिले गरेका छन्।

प्रमुख जिल्ला अधिकारी भरतमणि पौडेलद्वारा आज जारी निषेधाज्ञासम्बन्धी सूचनामा सहिदचोकको पूर्वपट्टि वाइचोक, पश्चिमतर्फ फिस्टेल गेट, उत्तरतर्फ मालपोत कार्यालय, दक्षिणतर्फ मुस्ताङचोकस र ग्रैहापाटनको पालिखेचोकबाट नविन माध्यमिक विद्यालयसम्मको सडक क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन, सभालगायत विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा सभापति लामिछानेलाई काठमाडौँबाट पक्राउ गरी शनिबार बिहान पोखरा ल्याइएको थियो। उनलाई आजै अदालत सामु उपस्थित गराउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖