“चौंथो पाख्रिबास कप फुटबल-२०८१” मा आज दुई खेल हुंदै
धनकुटा । स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ पाख्रिबासमा हिजोबाट “चौंथो पाख्रिबास कप फुटबल” सुरु भएको छ ।
आज दोस्रो दिनको खेल समूह “क”अन्तर्गतका अल स्टार क्लब धरान र ब्रदर युनाइटेड फुटबल क्लब सिक्किमका बीच र समूह “ख “अन्तर्गतका मुनल्याण्ड स्पोर्टिंग क्लब झापा र बिराटनगर स्पोर्ट्स एकेडेमी मोरंगका बीच हुनेछ ।
हिजो सम्पन्न पहिलो खेलमा समुह “क “अन्तर्गतका श्री जोरपाटी एफसीले इन्ट्रा पथरी-११ मोरंगलाई पराजित ३-० गोलले पराजित गरेको थियो भने दोस्रो खेलमा समूह “ख” अन्तर्गतका आयोजक पाख्रिबास युथ युनाइटेड टीमले प्रकाशपुर एफसीलाई ३-० गोल अन्तरले पराजित गर्दै दुबै बिजेता टीम सेमिफाइनलमा प्रबेश गरिसकेका छन् ।
प्रतियोगितामा जम्मा ८ टीमले प्रतिस्पर्धा गर्दैछन् ।
कार्तिक ९ गते समूहगत चरणबाट छानिएर आउने ४ टीमको प्रतिष्पर्धा हुनेछ भने उपाधिका लागि प्रतियोगिताको अन्तिम खेल कार्तिक १० हुनेछ ।


