साफ महिला च्याम्पियनसिप : नेपालले आज श्रीलंकासँग खेल्दै

काठमाडौ । साफ महिला च्याम्पियनसिपमा घरेलु टाेली नेपालले आज श्रीलंकासँग खेल्दैछ ।

नेपाल र श्रीलंकाबीचकाे खेल काठमाडाैंकाे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ सुरु हुनेछ । आजकाे खेलमा जित निकाल्दै सेमिफाइनल पुग्ने नेपालकाे लक्ष्य छ ।

समूह ‘बी’ मा रहेकाे नेपालले पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको थियाे भने दोस्रो खेलमा माल्दिभ्सलाई ११-० गाेल अन्तरले पराजित गरेकाे थियाे । पहिलो खेलमा माल्दिभ्सलाई १-० ले पराजित गरेको श्रीलंका दोस्रो खेलमा भुटानसँग ४-१ को हारेको थियो ।
समूह ‘ए’ बाट बंगलादेश र भारत अन्तिम चारमा प्रवेश गरिसेका छन् । पाकिस्तान भने समूह चरणबाटै घर फर्किएको छ ।

नेपाल र श्रीलंकाकाे खेलअघि आजै दिउँसो साढे १ बजे माल्दिभ्स र भुटान खेल्नेछन् । याे खेल पनि दशरथ रंगशालामै हुनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।