सहिदभूमिमा ४१ जना जेष्ठ नागरिकलाई घर-घरमै पुगेर गरियो सिरक वितरण

धनकुटा । धनकुटाको सहिदभूमि गाउँ पालिकाको जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत सहिदभूमि गाउँपालिकाकाे वडा नं ३ का ४१ जना जेष्ठ नागरिककाे घरघरमा पुगी सिरक वितरण गरिएको छ ।

सहिदभूमि गाउँपालिकाले यो वर्ष जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत गाउँपालिकाले चाडवाड र आउदै गरेको हिउँदमा हुने जाडोलाई मध्ये नजर गरि फाइबरको सिरक वितरण कार्यक्रम दशै अगाडि देखि  सञ्चालन गरिरहेको गाउँपालिका अध्यक्ष मनोज राईले बताउनुभयो । वडा नं ३ मा   ७८ वर्ष देखि ८० वर्ष मुनिका जेष्ठ नागरिकहरुको घर घरमा पुगि फाइबर सिरक वितरण गरिएको वडा सदस्य सुरेन्द्र राईले जानकारी दिनुभयो ।

यस अघि पालिकाले ८० वर्ष देखि माथिका जेष्ठ नागरिकलाई सम्मान तथा सिरक वितरण गरिसकेको पालिकाले जनाएको छ । उक्त सिरक वितरण गर्नका लागि वडा अध्यक्ष हाेम बहादुर राई ,वडा सदस्य सुरेन्द्र राईको टाेली घर घरमा पुगी जेष्ठ नागरिककाे अवस्था तथा हालखबर बुझ्दै एक / एक थान सिरक वितरण गरिएको हाे ।

वडा नं ६ र ४ मा सिरक वितरण कार्यक्रम सम्पन्न भईसकेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।