पार्टीको सय दिने विशेष अभियान अन्तर्गत कांग्रेस धनकुटाद्वारा विभिन्न चाड पर्वको शुभकामना आदान प्रदान
धनकुटा । पार्टीको सय दिने विशेष अभियान अन्तर्गत नेपाली कांग्रेस धनकुटाले वुधबार विभिन्न चाड पर्वकाे शुभकामना आदान प्रदान गरेकाे छ ।
तिहार,मंशिरे पूर्णिमा,चासाेक तङ्नाम,नेपाल सम्वत लगायत चाडपर्वकाे शुभकामना आदान प्रदान कार्यक्रममा बाेल्दै पार्टीका केन्द्रीय सदस्य डा.डिला संग्राैलाले सम्पूर्ण नागरिकलाई शुभकामना दिदै मुलुककाे विद्यामान शंकटकाे माेचन नेपाली कांग्रेले मात्र गर्न सक्ने बताउनु भएकाे छ ।
नेपालीहरुले मनाउने चाडपर्वहरुले सम्पूर्णमा एकता र भातृत्वकाे भाव जगाउने विश्वास समेत उहाँले व्यक्त गर्नु भएकाे छ ।
पार्टीका जिल्ला सभापती दिनेश राईकाे सभापतित्वमा भएकाे कार्यक्रममा पूर्व मन्त्री तथा कांग्रेस माेरङ जिल्ला सभापती डिक बहादुर लिम्बू,संविधानसभा सदस्य लिला सुब्बा,उषा गुरुङ लगायतले शुभकामना आदान प्रदान गरेकाे जिल्ला सचिव विजय सन्ताेषी राईले जानकारी दिनुभयाे ।


