धनकुटामा १५ हजार गाँजाका बोट तथा बेर्ना नष्ट
धनकुटा । धनकुटामा अवैध रुपमा लगाएका र प्राकृतिक रुपमा
उम्रेका गाँजाका बोट तथा बेर्ना नष्ट गरिएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान अर्न्तगत गाँजाका बोट नष्ट गर्ने अभियान अनुसार कार्तिक २२ गते इलाका प्रहरी कार्यालय भेडेटार,धनकुटाबाट खटिएको प्रहरी टोलिले गांजा नष्ट गरेको हो ।
जिल्लाको साँगुरीगढी गाउँपालिका वडा नं-६ का बिभिन्न स्थानबाट ७ रोपनी जग्गामा अवैध रुपमा लगाएका र प्राकृतिक रुपमा उम्रेका १५ हजार गाँजाका बोट फडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।


